नेपालमा आज १० हजार ६७२ मा कोरोना परीक्षण गर्दा ८०५ लाई संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं, असोज २१ (ई-रैवार)
नेपालमा आज थप ८ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय ७२ जनाको कोरोना परीक्षण गर्दा ८ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ६४ जनाको पिसिआर परीक्षण र तीन हजार ४ सय ८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २९४ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २०७, ललितपुरका ५३ र भक्तपुरका ३४ जना छन् ।
प्रदेश १ मा १३६, प्रदेश २ मा ११ र बागमती प्रदेशमा ३३५ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा ८८, लुम्बिनीमा ६४, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा हाल १५ हजार ९४२ जना सक्रिय संक्रमित छन्। देशभर रहेका सक्रिय संक्रमितमध्ये १४ हजार ७२८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै १ हजार २१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३२९ जनाको आईसीयू र ११२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। कोरोना संक्रमितमध्ये हालसम्म ७ लाख ७३ हजार जना निको हुँदा ११ हजार २०० जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १५ हजार ९४२ जना रहेका छन् ।
९११ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.६ प्रतिशत छ।





प्रतिकृया दिनुहोस्