कांग्रेसले यो वर्ष पनि चियापान नगर्ने, कोरोनाविरूद्ध खोप अभियानमा जुट्न आग्रह

काठमाडौं, असोज २१ (ई-रैवार)
नेपाली कांग्रेसले दशैंका अवसरमा हरेक वर्ष आयोजना गर्ने चियापान यसपटक नगर्ने भएको छ । नेपाली कांग्रेसले हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यसवर्ष नगर्ने निर्णय गरेको हो ।
बिहीबार कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीको जोखिमलाई मध्यनजर गरेर चियापान कार्यक्रम नगर्ने जनाएका हुन् ।
कांग्रेसले चियापानमा सबै राजनीतिक दलका नेताहरु, नेपालस्थित कुटनीतिक नियोगका अधिकारी, सुरक्षा निकाय, निजामती कर्मचारी, नागरिक समाजलाई बोलाउँदै आएको थियो।
‘कांग्रेस मुख्यसचिव पौडेलले कोरोनाविरूद्ध खोप अभियानमा जुट्न सबैलाई आग्रह गरेको छ। कांग्रेस नेतृत्वको सरकारले खोपको व्यापक गरे पश्चात् महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो ।’






प्रतिकृया दिनुहोस्