April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशका तीन अस्पतालका लागि साढे २३ करोड बजेट निकासा

धनगढी, जेठ २ (ई-रैवार)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशका तीन अस्पतालका लागी २३ करोड ४० लाख बजेट निकासा गरेको छ । मन्त्रालयले सुदूरपश्चिम प्रदेशका तीन अस्पतालमा अक्सिजन ट्याङ्क, आइसीयू र भेन्टिलेटर खरिद गर्न २३ करोड ४० लाख बजेट निकासा गरेको हो ।

मन्त्रालयले सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा अक्सिजन ट्याङ्क, आइसीयू र भेन्टिलेटर खरिद गर्न २३ करोड ४० लाख बजेट निकासा गरेको बताएको छ।

मन्त्रालयका अनुसार सेती अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटर र अक्सिजन ट्याङ्क खरिद गर्न ६ करोड ८० लाख, महाकाली अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटरसहित एउटा अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क जडान गर्न ९ करोड ८० लाख र डडेल्धुरा अस्पतालमा पनि १० आइसीयू, ५ भन्टिलेटर र एउटा अक्सिजन टयाङ्क खरिद गर्न ६ करोड ८० लाख बजेट निकासा गरिएको हो।