June 16, 2026, Tuesday
२०८३ असार ३

एटीएमबाहेक कैलालीमा बैंक तथा वित्तीय संस्थाका सबै सेवा बन्द गरिने

धनगढी, वैशाख २८ (ई-रैवार)

कैलालीमा बैंक तथा वित्तीय संस्थाका सबै सेवा बन्द गरिने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले राजस्व दाखिला र सरकारी कारोबार बाहेक बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीले राजस्व दाखिला र सरकारी कारोबार बाहेक बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । तर बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक भुक्तानीको लागि एटीएम तथा विद्युतीय प्रणालीबाट सेवा प्रवाहको समुचित प्रबन्ध गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

साथै नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुले कार्यालयले जारी गरेको परिचय–पत्रको आधारमा आवतजावत गर्न सक्ने बताइएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण कैलालीमा समेत तीब्र रुपमा बढ्दै गइरहेको र दिन प्रतिदिन कोरोना संक्रमणको जोखिम उच्च हुँदै जिल्लास्थित अस्पतालहरुको क्षमताभन्दा बढी मानिसहरु अस्पतालमा उपचारार्थ आइरहेको र संक्रमण जोखिम बढ्दै गइरहेको भन्दै थप निषेधाज्ञा लम्ब्याइएको छ।