April 24, 2026, Friday
२०८३ बैशाख ११

जीप दुर्घटना हुँदा बैतडीमा ४ जनाको मृत्यु, ६ जना घाइते

धनगढी,  वैशाख २१ (ई-रैवार)

जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।

जीप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको खड्काले बताए । जीप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ।