कञ्चनपुरको बेलौरीमा अस्थायी कोभिड अस्पताल सञ्चालन
- Eraibar
- २०७८ बैशाख २०, सोमबार १५:०७
- 9 Shares

कञ्चनपुर, वैशाख २० (ई-रैवार)
कञ्चनपुरको बेलौरी नगरपालिकाले ५० शय्याको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ। अस्पतालमा आवश्यक स्वास्थ्य सामग्रीसहित चौबिसै घण्टा कोरोना सङ्क्रमितलाई सेवा दिने व्यवस्था मिलाइएको छ।
“अक्सिजन, भिटिएम किटलगायतको व्यवस्था गर्नका लागि प्रक्रिया अगाडि बढाएका छौँ”, नगरप्रमुख पोतिलाल चौधरीले भने, “कोरोना सङ्क्रमितको उपचारका लागि भरपर्दो सेवा दिइने छ। त्यसका लागि चौबिसै घण्टा स्वास्थ्यकर्मीलाई खटाइएको छ।”
उपचारमा आवश्यक स्वास्थ्य सामग्री, औषधिलगायतको व्यवस्था गरिएको छ। हाल अस्पतालमा चार पुरुष र दुई महिला गरी छ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ। उपचारमा रहेकामध्ये एक महिलाको अवस्था गम्भीर र अन्यको अवस्था भने सामान्य रहेको जनाइएको छ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्