सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शुल्क घटाउन पाँच विद्यार्थी संगठनको माग

धनगढी, चैत्र १ (ई-रैवार)
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न संकायको शुल्क वृद्धि गरेपछि विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । आईतबार अनेरास्ववियु,नेविसंघ,अखिल क्रान्तिकारी र अखिल छेठौले सयुक्त विज्ञप्ति जारी गर्दै शुल्क तत्काल घटाई विद्यार्थीहरु माथी पर्न गएको आर्थिक भार कम गर्न माग गरेका हुन् ।
कोरोना महामारीका कारण कमजोर बनेको अर्थतन्त्रको अवस्था नबुझी विश्वविद्यालयले मनोमानी ढंगले शैक्षिक शुल्क बढाएको भन्दै विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् ।
“हालैमात्र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न संकायहरुको शुल्क वृद्धि गरेको निर्णय प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” पाँच विद्यार्थी संगठनहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “उक्त वृद्धि गरिएको शुल्क तत्काल हटाइ विद्यार्थीहरुमाथि पर्न गएको आर्थिक भार कम गर्नससेत जोडदार माग गर्दैछौं ।”
‘सुदूरका जनताका छोराछोरीले सहज, सहुलियत र गुणस्तरिय शिक्षा पाउनुपर्ने ठाँउमा विभिन्न बाहनामा गरिएको चर्को शुल्क बृद्धिले गरिब जनताका छोरोछारीको उच्च शिक्षा हाँसिल गर्ने सपना माथि तुषारापात गरिएको छ, ‘विज्ञप्तीमा भनिएको छ, ‘कोरोनाका कारणले आर्थिक रुपमा ग्रासित अभिभावकको ढाड सेक्ने कार्य गरिनु निन्दनिय छ ।’
विद्यार्थी संघठनले आगिक क्याम्पसमा संचालित विभिन्न संकायका कार्यक्रमका प्रवेस परीक्षामा समेत अनियमितता, अपारर्दीता गरिएको आरोप लगाएको छ। गत २४ फागुनमा लिईएको बिबिए तर्फको परीक्षा नतिजा समेत रोकेर विद्यार्थीमाथि खेलवाड गरेको नेवि संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।






प्रतिकृया दिनुहोस्