कर्णालीका मुख्यमन्त्री शाही गम्भीर घाइते, हेलिकप्टरबाट उद्दार हुँदै

सुर्खेत, कार्तिक २२ (ई-रैवार)
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर गम्भीर घाइते भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री शाही हुम्लाको बरगाउँमा घोडाबाट लडेर गम्भीर घाइते भएका हुन ।
मुख्यमन्त्री शाही गम्भीर घाइते भएपछि माउन्टेन हेलिकप्टरबाट उद्दार गरेर अहिले सुर्खेत ल्याइएको छ। हुम्लाको बरगाउँमा घोडाबाट लडेर मुख्यमन्त्री शाहीलाई गम्भीर चोटपटक लागेको बताइएको छ ।
सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई स्थानीय लामा समुदायले घोडामा चड्नका लागी स्वागत गरेपछि उक्त घोडाबाट लडेर उनी घाइते भएका हुन् । मुख्यमन्त्री शाही चढेको घोडा तर्सिदा लडेर घाइते भएका नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिए ।
उनकाअनुसार मुख्यमन्त्री शाहीलाई सिमकोटबाट हेलिकप्टर गएर उद्धार गरी सदरमुकाम सिमिकोट ल्याइएको छ । मुख्यमन्त्री शाही सँगै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवनबहादुर शाही, नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसीलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।





प्रतिकृया दिनुहोस्