बझाङको प्रयोगशालामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७७ कार्तिक २२, शनिबार १७:३०
- 3 Shares

बझाङ, कार्तिक २२ (ई-रैवार)
जिल्ला अस्पताल बझाङको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ९१ जनाको नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रयोगशाला इञ्चार्ज नरेश खड्काका अनुसार २ महिला र ५ जना पुरुषगरी ७ जनामा कोरोना देखिएको हो ।
प्रयोगशाला इञ्चार्ज खड्काले जिल्लाको जयपृथ्वी नगरपालिकाका ३ जना, खप्तडछान्ना गाउँपालिकाका १ जना, थलारा गाउँपालिकाका १ जना, छब्बीस गाउँपालिकाका १ जना र जिल्ला अस्पताल बझाङका १ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
यस्तै फलअपमा रहेका ४ जनामा पनि संक्रमण देखिएको हो । अन्य परिक्षण गरिएका ८० जनाको नतिजा नेगेटिभ आएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्