कोरोना संक्रमणबाट डोटीका व्यापारीको धनगढीमा मृत्यु
- Eraibar
- २०७७ कार्तिक ८, शनिबार १९:१८
- 11 Shares

डोटी, कार्तिक ८ (ई-रैवार)
कोरोना संक्रमणबाट डोटीका व्यापारीको धनगढीमा मृत्यु भएको छ । जेभि आयल स्टोर दिपायलका सञ्चालक कर्णबहादुर भण्डारीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
कोरोना संक्रमित भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारत भण्डारीको शनिबार मृत्यु भएको हो । लामो समय देखी निमोनियाका बिरामी रहेका भण्डारीको आईसियुमा राखेर उपचार भईरहेको थियो ।
प्रादेशिक स्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कोरोनाको रिर्पोट नेगेटिभ आएपछि उनलाई जनरल आईसियुमा सारिएको थियो । त्यहाँ उपचार हुने क्रममा भण्डारीको मृत्यु भएको हो ।
भण्डारीसंगै कोरोनाका कारण डोटीमा दुई जनाको मृत्यु भएको छ । यसअघि प्रादेशिक अस्पताल धनगढीमा कांग्रेस नेता तेजबहादुर पुनमगरको पनि मृत्यु भएको थियो ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्