जीप दुर्घटना हुँदा ४ जना घाइते, एकको अवस्था गम्भीर

बझाङ, असोज ३० (ई-रैवार)
बझाङमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। जीप जयपृथ्वी नगरपालिका–११ भोपुर आर्मी व्यारेक नजिक दुर्घटना हुँदा ४ जना घाइते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय अनुसार जिल्ला सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाका लागि हिडेको जीप जयपृथ्वी नगरपालिका–११ भोपुर आर्मी व्यारेक नजिक दुर्घटना हुँदा ४ जना घाइते भएका हुन। घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ।
टाउको र शरीरमा चोट लागेर गम्भीर बनेका जयपृथ्वी नगरपालिका–११ का २१ वर्षीय अग्निराज जोशीलाई जहाजमार्फत उपचारका लागि धनगढी लगिएको छ । भने, अन्य सामान्य घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अन्य घाइते हुनेमा मष्टा ४ का ४२ वर्षीय सवारी धनी शेरबहादुर थापा, सुर्मा घर भएका २३ वर्षीय सवारी चालक सुयोग बोहरा र जयपृथ्वी नपा ११ का २० वर्षीय भरत जोशी रहेका छन् । उनीहरू ३ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्