April 18, 2026, Saturday
२०८३ बैशाख ५

क्वारेन्टाईनबाट भागेर घर गएकाहरुमा कोरोना पोजेटिभ भएपछी गाउँनै शिल

डोटी, असोज २८ (ई-रैवार)

शिखर नगरपालिकाकामा भागेर घर गएका ब्यक्तीहरु कोरोना संक्रमण देखिएको छ । डोटीको शिखर नगरपालिका वडा न. १ कपल्लेकीमा क्वारेन्टाईनमा रहेका ७ जना सोमबार राती भागेर घर गएका ब्यक्तीहरुमा कोरोना संक्रमण देखिएको हो ।

शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले क्वारेन्टाईनमा रहेका ७ जना सोमबार राती भागेर घर गएका ब्यक्तीहरुमा कोरोना संक्रमण देखिएको बताए । भारतबाट आएर क्वारेन्टाईमा बसेका ब्यक्तीको शनीबार श्वाब संकलन गरिएको थियो । श्वास संकलन गरिएका १६ जना मध्य १२ जनामा कोरोना संक्रमति भेटिएको स्वास्थ्य संयोजक शाहले बताए ।

शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले संक्रमित मध्यका ७ जना सोमबार राती घर–घरमा गईसकेको बताए । केदारेश्वर माध्यामिक बिद्यालयको क्वारेन्टाईबाट संकलित नमुना जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा उनिहरुको रिर्पोट पोजेटिभ आएपछी शिखर नगरपालिकाले वडा नं. १ को सेरी गाउँलाई शिल गर्ने निर्णय गरेको नगर प्रमुख जोशीले बताए ।

शिखर नगरपालिकामा क्वारेन्टाईनबाट घर गएपछी रिर्पोट आएको भने यो पहिलो पटक होईन । यस भन्दा पहिला शिखर नगरपालिकाको वडा न.३ आली अतुरालीमा पनि संक्रमित घर भएको तेस्रो दिन रिर्पोट पोजेटिभ आएको थियो ।