April 18, 2026, Saturday
२०८३ बैशाख ५

काराबाओ कपमा आर्सनल विजयी

एजेन्सी, असोज ८ (ई–रैवार)

प्रिमियर लिग क्लब आर्सनल काराबाओ कप फुटबलमा विजयी भएको छ । बुधबार राति लेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा आर्सनल २–० ले विजयी भएको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा आर्सनलले दुबै गोल गरेको थियो । आर्सनलको जितका लागि एडवार्ड केटिहले गोल गर्दा एक गोल आत्मघाति उपहार पाएको थियो ।

खेलको ५७ औं मिनेटमा आर्सनल आत्मघाति गोलबाट अगाडि बढेको थियो । लेस्टरका क्रिस्टियन फुच्सले आत्मघाति गोल गरेपछि आर्सनल १–० गोलले अगाडि बढेको थियो । त्यस्तै खेलको अन्तिम मिनेटमा एडवार्डले गोल गर्दै आर्सनललाई २–० गोलको जित दिलाए । जितसँगै आर्सनल काराबाओ कपको अर्को चरणमा प्रवेश गरेको छ ।

बुधबार राति नै भएको अर्को खेलमा न्युक्यासलले मोरेकाम्बेलाई ७–० गोलले पराजित गरेको छ । त्यस्तै प्रेस्टोनमाथी ब्राइटनले २–० को जित निकाल्दा, मिलवालविरुद्ध पनि बर्लिनलले २–० गोलको जित निकालेको छ ।