March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात

काठमाडौं, भदौ २७ (ई-रैवार) 

प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ । शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा आर्सनलले फुलहमलाई ३-० ले पराजित गरेको हो ।

आर्सनलको तीनै गोलका लागि यसै सिजन चेल्सीबाट आएका ब्राजिलियन खेलाडी विलियनको भूमिका रह्यो । खेलको ८औं मिनेटमा अलेक्जान्डर लाकाजेटले आर्सनललाई अग्रता दिलाए । पहिलो हाफमा त्यसलाई जोगाएको आर्सनलले दोस्रो हाफमा दुई गोल थप्यो ।

४९औं मिनेटमा गाब्रिएलले गोल गर्दै अग्रता दोब्बर पारे । ५७औं मिनेटमा पिएरे एमरिक अबामियाङले आर्सनलका लागि तेस्रो गोल गरे ।