April 18, 2026, Saturday
२०८३ बैशाख ५

जबरजस्ती करणीको आरोपमा बैतडीमा २ जना पक्राउ

बैतडी, भदौ २७ (ई-रैवार)   

बैतडीमा एक बालिकामाथि जबरजस्ती करणीको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैतडीको सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बरजस्ती करणीको आरोपमा सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएका हुन ।

प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार शुक्रबार इलाका प्रहरी कार्यालय पाटन पुगेर बालिकाकी आमासहित आफन्तले जबरजस्ती करणीको जाहेरी दिएको जानकारी जनाएका छन ।  उनले जाहेरीपछि प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको बताए ।

घटनामा सङ्लग्न दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट शुक्रबार नै ५  दिन म्याद थप गरिएको छ । पीडित बालिका आमासँग घर फर्किएकी प्रहरीले जनाएको छ ।

यसअघि भदौ २४ गते पनि  जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले शिक्षक, कर्मचारीसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।