June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

मुख्य समाचार

पत्रकार छत्यालमाथि मन्त्रीको दुर्व्यवहारको महासंघद्वारा निन्दा

पत्रकार छत्यालमाथि मन्त्रीको दुर्व्यवहारको महासंघद्वारा निन्दा

धनगढी साउन २५(ई-रैवार) : समाचारका बिषयमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको राय लिन खोज्दा उनले पत्रकारमाथि गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ कैलाली शाखाले निन्द गरेको छ । मन्त्री शाहले नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एबं नागरिक दैनिकका प्रदेश संयोजक दिल बहादुर छत्यालमाथि शुक्रबार दिउँसो दुव्र्यवहार गरेका थिए । सो घटनाप्रती…

दिपायल सिलगढी नगरपालिकाले किसानलाई थमायो बुढा र रोगी गाई

दिपायल सिलगढी नगरपालिकाले किसानलाई थमायो बुढा र रोगी गाई

दिपायल साउन २५ (ई–रैवार): साउनको पहिलो साता दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटका किसानहरु दुध बेच्ने बन्दोबस्त मिलाउन थाले । केहीदिनमा गाउँमा ७ ओटा जर्सी गाई भित्रिदै थिए । दिपायल सिलगढी नगरपालिकाले स्थानीय ‘तेडी निमाउने गाईपालन समुह’का सात जना कृषकलाई पूर्ण अनुदानमा जर्सी गाई उपलब्ध गराउदै थियो । ‘एउटै गाईले दैनिक १५÷२० लिटर दुध दिन्छ भन्ने सुनेका…

  • मंसिर १६ गते उपनिर्वाचन हुने

    मंसिर १६ गते उपनिर्वाचन हुने

    काठमाडौं साउन १७(ई-रैवार) निर्वाचन आयोगले आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त रहेको पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

  • बडीमालिका तीर्थयात्रा शुरु

    बडीमालिका तीर्थयात्रा शुरु

    डोटी साउन १७(ई–रैवार): सुदूरपश्चिमको पबित्र तीर्थस्थल मानिने बाजुराको ‘बडीमालिका–यात्रा’ (तीर्थयात्रा) शुरु भएको छ । हरेक बर्ष भाद्र शुक्ल चतुर्दशीमा बडीमालिका मन्दिरमा भव्य मेला लाग्दछ । त्यो मेलाका लागि १५ दिन अगावै यहाँका बिभिन्न स्थानबाट तीर्थालु भक्तजनहरु तीर्थयात्रा शुरु गर्दछन् ।...

  • बाजुरामा पहिरोले घर पुरियो, एकै घरका दुईको मृत्यू

    बाजुरा साउन १७(ई–रैवार): पहिरोले घर पुरिदा एकै घरका दुई जनाको मृत्यू भएको छ । ५ जना घाईते भएका छन् । बाजुराको गौमुल गाउँपालिका–६ शान्तिटोलमा बिहीबार राति पहिरोले घर पुरेको हो । सो पहिरोमा परी दुईजनाको मृत्यू र ५ जना घाइते...

  • रिक्त स्थानमा मंसिरमा उप–निर्वाचन गर्ने सहमति

    काठमाण्डौ साउन १६(ई–रैवार): बिभिन्न कारणले रिक्त रहन गएका प्रतिनिधिसभा, प्रदेशसभा र पालिकाहरुमा मंसिरमा उप–निर्वाचन हुने सम्भावना देखिएको छ । रिक्त स्थानमा आगामी मंसिरमा उप–चुनाव गर्न निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरुबीच सहमति भएपछि सम्भावना देखिएको हो । तीन तहमा रिक्त...

  • सुदूरपश्चिमका १० एनसेल टावरमा आगजनी

    सुदूरपश्चिमका १० एनसेल टावरमा आगजनी

    डोटी साउन १६(ई–रैवार) बुधबार राती सुदूरपश्चिमका १० वटा एनसेलका टावरहरुमा आगजनी भएको छ । प्रहरीका अनुसार डोटी, डडेल्धुरा, कैलाली, अछाम र बझाङ जिल्लामा गरी १० वटा एनसेलका टावरमा आगजनी भएको छ । जसमध्ये कैलालीमा चार, बझाङमा तीन, अछाम, डोटी र...

  • दुईवटा एनसेल टावरमा आगजनी

    दुईवटा एनसेल टावरमा आगजनी

    डोटी साउन १६(ई–रैवार) बुधबार राती डोटी र डडेल्धुराका दुईवटा एनसेल टावरमा आगजनी भएको छ । आगजनीको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार राति जोरायल गाउँपालिका–१ घण्टेश्वरको कटौंजथला भन्ने ठाउँमा रहेको एनसेल टावर जलाइएको छ...

  • नेकपा विप्लवद्वारा ४४ विगाहा जमिन कब्जा

    नेकपा विप्लवद्वारा ४४ विगाहा जमिन कब्जा

    कैलाली साउन १५(ई–रैवार): नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले कैलालीमा झण्डै ४४ बिगाहा जमिन कब्जा गरेको छ । कैलालीको बर्दगोरीया गाउँपालिकामा झण्डै ४४ विगाह जग्गा कब्जामा गरेको हो । यसअघि सशस्त्र द्वन्द्वका बेला पनि तत्कालिन माओवादीले कब्जा गरेको सो जमिन फेरी...