नेकपा विप्लवद्वारा ४४ विगाहा जमिन कब्जा

कैलाली साउन १५(ई–रैवार): नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले कैलालीमा झण्डै ४४ बिगाहा जमिन कब्जा गरेको छ । कैलालीको बर्दगोरीया गाउँपालिकामा झण्डै ४४ विगाह जग्गा कब्जामा गरेको हो ।
यसअघि सशस्त्र द्वन्द्वका बेला पनि तत्कालिन माओवादीले कब्जा गरेको सो जमिन फेरी यसपटक विप्लव समूहले कब्जामा लिएको छ । विप्लप नेतृत्वको नेकपाले उक्त जग्गामा व्यानर टाँसेर कब्जा गरेको जनाइएको छ ।
कब्जा गरिएको जमिन स्थानीय राजेद्र मल्ल र वीरबहादुर मल्लको ३५ विघा जमिनसंगै घर, देवबहादुर मल्लको ८ विघा जमिन र घर तथा सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा छ । तत्कालिन माओबादीले कब्जा गरेको जमिन भुमाफिया र जग्गा दलाल मिलेर बिक्रि गरिरहेका कारण कब्जा गरेको विप्लप समुहले जनाएको छ ।
घरजग्गामा टाँसिएको व्यानरमा सो जग्गा बिक्री वितरणमा संलग्नलाई भौतिक रुपमा कारवाही गरिने उल्लेख छ । कैलालीका प्रहरीले सो स्थानमा प्रहरी टोली परिचालन गरिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस्