April 15, 2026, Wednesday
२०८३ बैशाख ३

पत्रकार छत्यालमाथि मन्त्रीको दुर्व्यवहारको महासंघद्वारा निन्दा

धनगढी साउन २५(ई-रैवार) : समाचारका बिषयमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको राय लिन खोज्दा उनले पत्रकारमाथि गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ कैलाली शाखाले निन्द गरेको छ ।
मन्त्री शाहले नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एबं नागरिक दैनिकका प्रदेश संयोजक दिल बहादुर छत्यालमाथि शुक्रबार दिउँसो दुव्र्यवहार गरेका थिए । सो घटनाप्रती नेपाल पत्रकार महासंघ कैलाली शाखाले प्रेस विज्ञप्ती जारी गर्दै निन्दा गरेको हो ।
महासंघका कैलाली शाखा सचिव मीन ठकुरीले जारी गरेको विज्ञप्तीमा साउन २४ गते पत्रकार छत्यालले मन्त्री शाहलाई टेलिफोन गरी समाचारका लागि धारणा माग गरेको विषयलाई लिएर दुव्र्यवहार गरिनुलाई महासंघ घोर निन्दा गर्दछ भनिएको छ। सूचना माग्न पाउने आम नागरिकको संवैधानिक अधिकारलाई कुण्ठित पार्ने गरी मन्त्री शाहले टेलिफोनमै पत्रकार छत्याललाई दुव्र्यवहार गर्नु खेदजनक छ। मन्त्रीले गरेको उक्त दुर्व्यवहारको घटनाका सम्बन्धमा प्रदेश सरकारको आधिकारिक धारणा माग गर्दछ माग गर्दै प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति फिर्ता लिएर पत्रकारमैत्री तथा सूचनामैत्री बन्न अपिल गरेको छ।
यस्तै पत्रकार महासंघले हरैया शिविर जग्गा प्रकरणको समाचार सम्प्रेषण गरेको विषयलाई लिएर छत्याललाई सुरक्षा थ्रेट रहेको कुरा जानकारीमा आएको भन्दै उनको पेशागत तथा भौतिक सुरक्षाका लागि पत्रकार महासंघ सम्बन्धित निकायसँग माग समेत गरिएको छ।
पत्रकार छत्यालले मन्त्री शाहलाई समाचार सम्प्रेषणका लागि प्रदेश सरकारका योजनाका विषयमा बुझ्न टेलिफोन सम्पर्क गर्न खोज्दा अपमानीत शब्द प्रयोग गरी दु्व्र्यवहार गरेको बताउँदै आएका छन्। कानून मन्त्री शाहले हरैया जग्गा प्रकरण पत्रकार छत्याललाई नेकपाका स्थायी कमिटि सदस्य लेखराज भट्टको नाम जोडेर नै दुव्र्यवहार गरेको आरोप लागेको छ।