कैलालीको गेटा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट शल्यक्रिया
धनगढी । कैलालीको गेटा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट घुँडाको सफल शल्यक्रिया भएको छ । धनगढी उपमहानगरपालिकाको फूलबारीका १८ वर्षीय दिनेश गिरीको शल्यक्रिया गरिएको हो । बिरामीलाई सेती प्रादेशिक अस्पताल धनगढीबाट रेफर गरिएको थियो । गेटा अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार गिरीको...






