May 4, 2026, Monday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

खोलामा डुबेर एक बालकको मृत्यु

खोलामा डुबेर एक बालकको मृत्यु

धनगढी । खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। धनगढी उपमहानगपालिका–४ उत्तरबेहडी कैलालीका लक्ष्मण चौधरीको छोरा १३ वर्षीय राजिव चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले दिएकने जानकारी अनुसार सोमवार गोदावरी नगरपालिका–८ मा रहेको हाटखोली खोलामा नुहाउने क्रममा उनको पानीमा डुबेर मृत्यु भएको हो।

इलाम २ मा कांग्रेसको सुरुवाती अग्रता कायमै

इलाम २ मा कांग्रेसको सुरुवाती अग्रता कायमै

इलाम । इलाम २ मा कांग्रेसको सुरुवाती अग्रता कायमै रहेको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना हुँदा कांग्रेसले ८२ मतले अग्रता कायमै राखेको हो । वडा नम्बर १ र २ मा २ हजार ८३९ मत खसेकोमा कांग्रेसका डम्बर खड्काले १ हजार १४५ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा…

  • बझाङमा एमालेले लियो प्रारम्भिक अग्रता, कांग्रेस पछ्याउँदै

    बझाङमा एमालेले लियो प्रारम्भिक अग्रता, कांग्रेस पछ्याउँदै

    बझाङ। बझाङमा मतगणना सुरु भएको छ । बझाङमा प्रारम्भिक मतपरिणामअनुसार एमालेले अग्रता लिएको छ । छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ बाट मतगणना सुरू भएको हो । छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर २ को मतगणना हुँदा एमालेका भण्डारीले ६१५ मत...

  • धमाधम पाँच विकेट गुमाएपछि दबाबमा नेपाल

    धमाधम पाँच विकेट गुमाएपछि दबाबमा नेपाल

    काठमाडौं । ‘पावर प्ले’मै एकपछि अर्को गर्दै चार विकेट गुमाएको नेपालले थप एक विकेट गुमाएसँगै वेस्ट इन्डिज ‘ए’ विरुद्ध चर्को दबाबमा परेको छ । ६ ओभरमै नेपालले २८ रनमा ४ महत्वपूर्ण विकेट गुमाउन पुगेको थियो । जसमा पहिलो विकेटका रुपमा...

  • बझाङमा सुरु भयो मतगणना, दुई स्थानमा गणना हुदै

    बझाङमा सुरु भयो मतगणना, दुई स्थानमा गणना हुदै

    बझाङ । बझाङमा थालियो मतगणना सुरु भएको छ । बझाङ क्षेत्र नम्बर–१ ‘क’ को मतगणना सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा आइतबार निर्धारित समयभन्दा झन्डै एक घण्टापछि सुरु भएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार छबिसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरु गरिएको छ ।...

  • इलाम-२ मा सुरु भयो मतगणना, २-२ घण्टामा मतपरिणाम अपडेट गराइने

    इलाम-२ मा सुरु भयो मतगणना, २-२ घण्टामा मतपरिणाम अपडेट गराइने

    इलाम । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणाना सुरु भएको छ । सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकको निर्णय अनुसार गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना सुरु गरिएको हो । आइतबार बिहान बसेको सर्वदलीय बैठकले पश्चिम इलामको...