May 5, 2026, Tuesday
२०८३ बैशाख २२

मैत्रीपूर्ण टी-२० शृङ्खलाको दोस्रो खेलमा वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

काठमाडौँ । दोस्रो टी-२० खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको छ । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको हो ।

जीतका लागि १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ७१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन । लोकेश बम १७, कुशल भुर्तेल २, गुल्सन झा २६, दीपेन्द्रसिंह ऐरी ३, आरिफ शेख १२, सोमपाल कामी ३, अनिलकुमार शाह एक र कुशल मल्ल शुन्य रनमा आउट भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । गुडकेश मोटीले ०० रन प्रहार गरे । त्यस्तै, कप्तान रोस्टन चेसले २३ रन तथा ओपनर जोनसन चार्ल्सले ११ रनको योगदान दिए । नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २–२ विकेट लिए ।