May 5, 2026, Tuesday
२०८३ बैशाख २२

इलाम २ मा कांग्रेसको सुरुवाती अग्रता कायमै

इलाम । इलाम २ मा कांग्रेसको सुरुवाती अग्रता कायमै रहेको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना हुँदा कांग्रेसले ८२ मतले अग्रता कायमै राखेको हो ।

वडा नम्बर १ र २ मा २ हजार ८३९ मत खसेकोमा कांग्रेसका डम्बर खड्काले १ हजार १४५ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले १ हजार ६३ मत पाएका छन् ।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमको ३११ मत छ भने रास्वपा उम्मेदवार मिलन लिम्बू २०९ मत पाएर चौथो स्थानमा छन् ।

एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् । इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् ।