यूईएफए नेसन्स लिग : डेनमार्कविरुद्ध बेल्जियमको जित
- Eraibar
- २०७७ भाद्र २१, आईतवार ११:३२
- 9 Shares

काठमाडौं, भदौ २१ (ई-रैवार)
बेल्जियमले यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा बेल्जियमले डेनमार्कलाई २–० गोल अन्तरले हराएको हो ।
डेनमार्कको घरेलु मैदानमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन जेसन डेनायर र डेरिस मेर्टेन्सले एक–एक गोल गरे । खेलको नवौं मिनेटमा जेसनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको डेनमार्कले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो । खेलको ७६ औँ मिनेटमा मेर्टेन्सले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।
जितसँगै समूह बी मा रहेको बेल्जियमले एक खेलबाट तीन अंक जोडेको छ । सोही समूहमा रहेको इङ्ल्यान्डले पनि तीन अंक जोडेको छ ।
एजेन्सी
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्