April 18, 2026, Saturday
२०८३ बैशाख ५

सन्दीपको टिम जमैकाको सेमिफाइनल सम्भावना कायमै

 

एजेन्सी, भदौ १९ (ई-रैवार)

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने सम्मिलित टोली जमैका तलावाज र सेन्ट किट्स एन्ड प्याट्रियट्सबीचको खेल वर्षाका कारण स्थगित भएको छ ।

क्यारेबियन प्रिमियर लिग ९सीपीएल०मा वर्षाको कारण खेल नतिजा विहिन भएपछि दुबै टिमले समान एक–एक अंक बाडेका छन् । ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट किट्सले ५ ओभर ४ बलमा ४६ रन बनाएको अवस्थामा वर्षा हुँदा खेल रोकिएको थियो ।

वर्षा हुनुअघि सेन्ट किट्सका लागि ओपनर क्र्रिस लिनले २३ र इभिन लुइसले २१ रन बनाएका थिए । वर्षका कारण खेल पुनः सुरु हुन नसक्दा दुबै टोलीले एक–एक अंक बाडेका छन् ।

योसँगै सेन्ट किट्स एक खेल अगावै लिग चरणबाट बाहिरिएको छ । सेन्ट् किट्स ९ खेलमा सात हार, एक जित र एक बराबरी नतिजासँगै पुछारमा छ । यता जमैका ८ खेलमा चार हार, तीन जित र एक बारबरीको नतिज सहित सात अंक जोड्दै चौथो स्थानमा छ ।

लिगमा बार्बाडोस र जमैकामध्ये १ टिम मात्र सेमिफाइनल पुग्ने अवस्थामा जमैकालाई अबको १ खेल जिते सेमिफाइनल पुग्न पर्याप्त हुनेछ । यस्तै बार्बाडोसले अबका बाकी २ खेल जित्ने र जमैकाले २ खेलमा पराजित भएमा वार्बाडोस सेमिफाइनल पुग्नेछ । त्यसैगरी यदि बार्बाडोस १ खेलमा पराजित भएमा जमैका स्वत सेमिफाइनल पुग्नेछ ।