March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ५९ हजार नाघ्यो

 

काठमाडौं, भदौ १९ (ई-रैवार)

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ५९ हजार नाघेको छ । विश्वका २ सय १६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ५९ हजार नाघेको हो ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमणले विश्वमा ८ लाख ५९ हजार १ सय ३० संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमितको संख्या २ करोड ५८ लाख ८४ हजार ८ सय ९५ पुगेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ७९ हजार ३ सय ३८ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको भन्दा धेरै हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ४५ हजार ९ सय ८४ कोरोना संक्रमित थपिएका थिए ।