October 29, 2026, Thursday
२०८३ कार्तिक १३

प्रस्तावित राजदूतको संसदीय सुनुवाई शुरु

 

काठमाडौँ, भदौ १३ (ई-रैवार) 

प्रस्तावित राजदूत त्रयको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । संघिय संसद् संसदीय सुनुवाई समितिले जर्मनी, वेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाई प्रक्रिया अघि बढाएको हो ।

सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव त्रय गेहेन्द्र राजभण्डारी (वेल्जियम र युरोपियन युनियन), तापस अधिकारी (पाकिस्तान) र रामकाजी खड्कालाई जर्मनीका लागि राजदूतमा सिफारिश गरी संसदीय सुनुवाईका लागि पठाएको थियो ।

समितिको शुक्रबारको बैठकले उक्त पदमा उहाँहरुलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रस्तावित व्यक्तिको संसदीय सुनुवाईबाट नाम अनुमोदनपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राजदूत नियुक्ति गर्ने सवैधानिक व्यवस्था छ ।