जंगली जनावरले धानबाली नष्ट गर्न थालेपछि किसान चिन्तीत

एकेन्द्र चन्द
डोटी, भदौ ११ (ई-रैवार)
जंगली जनावरले धानबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन । डोटीको पुर्बिचौकी गाउपालिका वडा न ७ टिमुरदहमा स्थानियले रोपेका धानबालीमा जंगली जनावर बँदेल र बादरले धानबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका हुन ।
किसानहरुले महिनौं देखी गोडमेल गरि लगाएको अन्नबली जंगली जनावरले नष्ट गर्न थालेपछि आफुलगायत गाउँ बासी चिन्तामा रहेको स्थानिय लोक ब ढाटले बताए ।
दिउँसो बाँदर आएर धानबाली नष्ट गर्ने, राति बदेल लगायत अन्य जनावरको बथानले पाक्नलाइ ठिक्क भएका धानबाली नष्ट गर्न थालेपछि आफुहरुले राती पनि खेतमै बसेर बदेल खेद्ने गरेको स्थानीयले बताएका छ्न ।
यो बर्ष झनै कोरोना महामारिले सताइ रहेको बेला पाक्नलाइ ठिक्कभएका धानबाली बदेलले नष्ट गर्न थाले पछि आफुहरु निकै चिन्तामा रहेको बताउदैे ढाटले सरकारलाई राहातको ब्यवस्था गरीदिन माग गरे ।





प्रतिकृया दिनुहोस्