चट्याङले एकको मृत्यु, दुई जना घाइते
- Eraibar
- २०७७ भाद्र ९, मंगलवार ०८:१९
- 8 Shares

कञ्चनपुर, भदौ ९ (ई-रैवार)
चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका– १ बैशाखीमा चट्याङ लागेर एकजनाको मृत्यु र दुईजना घाइते भएका हुन्।
सोमबार राति च्टयाङ लागेर घाइते भएका २२ वर्षीय लोकेन्द्र चन्द गम्भीर घाइते भएका थिए । उनको कैलालीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिएका छन ।
प्रहरी निरीक्षक चन्दले उक्त घटनामा परी २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही घाइते भएको बताएका छन्। उनीहरुको धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचार भैरहेको छ ।
घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जनाले मोबाइल चलाउँदै गर्दा राति करिब ८ः२५ बजे चट्याङ लागेको प्रहरी निरीक्षक चन्दले बताइएका छन ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्