कैलाश खोलामा बाढीले बगाएर बेपत्ता भएका १० जना मध्ये आज एकको शव फेला
- Eraibar
- २०७७ भाद्र ८, सोमबार २०:२१
- 17 Shares

अछाम, भदौ ८ (ई-रैवार)
कैलाश खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १० जना मध्ये आज एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले मंगलसेन नगरपालिका वडा नम्बर ३ रलेमा भटिएको जानकारी दिए । नदिले कटान गरेको रुखको जरामा अड्कीएको अवस्थामा शव भेटिएको हो ।
अविरल बर्षका कारण कैलाश खोलामा आएको बाढीले शैनी बजारका १७ जनालाई बगाएको थियो । बगाएका मध्ये ७ जनाको शव यस अघि नै भटिएका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीले बगाएर बेपत्ता बनाएका बाँकी ९ जनाको पनि खोजी खोजी कार्य भईरहेको छ ।
अविरल बर्षका कारण गत मंगलबार कैलाश खोलामा आएको बाढीले दर्जनौँ घर, पुल, पानी घट्ट र सयौँ रोपनी खेति योग्य जमिन समेत बगाएको थियो ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्