सुदुरपश्चिम प्रदेशमा २७ प्रहरीमा कोरोना संक्रमण
- Eraibar
- २०७७ भाद्र ८, सोमबार १३:४७
- 7 Shares

कैलाली, भदौ ८ (ई-रैवार)
सुदुरपश्चिममा आइतबारसम्म २७ जना प्रहरीमा कोराना संक्रमण देखिएको छ। सुदुरपश्चिम प्रदेशमा अहिले सम्म ९ सय २३ जना प्रहरीको कोराना परीक्षण गरिएकोमा आइतबारसम्म २७ जनामा संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ ।
क्वारेन्टिनमा खटिएका, सिमानाका ड्युटी गरेका र नागरिकसँगको सम्पर्कमा आएका केही प्रहरीमा संक्रमण देखिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।
प्रहरी उपरीक्षक सिंहका अनुसार अहिलेसम्म कैलालीमा ४, कञ्चनपुर ६, डोटीमा ३, अछाममा ७ बाजुरामा ६ र बैतडीमा १ जना प्रहरीमा संक्रमण पुष्टि भएको सिंहले बताए। संक्रमितमध्ये १३ जनको उपचार भइरहेको छ भने १४ जना डिस्चार्ज्ड भएका छन् ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्