कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु
- Eraibar
- २०७७ भाद्र ५, शुक्रबार १३:१९
- 9 Shares

काठमाडौं, भदौ ५ (ई-रैवार)
ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी ३० वर्षीया महिला र सर्लाहीका ४६ वर्षीय पुरुष छन् । उनीहरु दुवैको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ ।
दोलखाकी महिलाको भदौ २ गतेदेखि र सर्लाहीका पुरुषको गत साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनीहरुको ट्राभल हिस्ट्री खुलेको छैन ।
त्यसैगरि आजै बिहान बुटवलको कोरोना विशेष अस्पतालमा प्युठानका एक संक्रमितको मृत्यु भएको छ । यो सँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा १२६ जना उल्लेख भए पनि अहिले सम्म ललितपुर, बुटवल, बारा, पर्सा र चितवनको मृत्यु समावेश छैन ।
- रवि-बालेन भेट चार घण्टा : अध्यादेशदेखि आईजीपीसम्म छलफल
- दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरालाई ६ विकेटले हरायो
- ओलीको आह्वान : देश जोगाउन आन्दोलनको विकल्प छैन
- एनपीएल ३ : सुदूरपश्चिमले टस जितेर पोखराविरुद्ध रोज्यो फिल्डिङ
- नेपाल प्रहरीका अनलाइन सेवा अवरुद्ध, ट्राफिक जरिवाना तिर्नेदेखि भर्नासम्ममा समस्या
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्