April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिममा २२ जना प्रहरीमा कोरोना संक्रमिण पुष्टि

 

डोटी, भदौ ५ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा थप दुई जना प्रहरीमा कोरोना भाईरस पुष्टि भएको छ । कञ्चनपुर र अछाम जिल्लाका एक–एक जना प्रहरीमा संक्रमण पुष्टि भएको हो।

हिजो मात्रै डोटी कोरोना प्रयोगशालामा भएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत ३ जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको थियो ।

यो संगै सुदूरपश्चिम प्रदेशमा संक्रमित नेपाल प्रहरीको संख्या २२ पुगेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार बाजुराका ६, कञ्चनपुरका ६, कैलालीमा ४, डोटीका ३ र अछामका ३ जना गरी २२ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक मुकेश सिंहले १३ जनाले कोरोना जितेको र नौ जनाको उपचार भईरहेको जानकारी दिए। कैलालीका चार, डोटीका तीन र कञ्चनपुरका दुई जनाको आईसोलेसनमा उपचार भईरहेको प्रहरी वरिष्ठ उपरिक्षक सिंहले बताए ।