April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेकपा एमाले निर्वाचन आयोगमा दर्ता

 

काठमाडौं, भदौ ३ (ई-रैवार)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) निर्वाचन आयोगमा दर्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्सवादी लेनिनवादी (नेकपा एमाले) निर्वाचन आयोगमा आज दर्ता भएको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपा एमाले पार्टीको चिन्ह उदाउँदो सूर्य रहेको बताएका छन ।

प्रवक्ता अनुसार श्रेष्ठले विराटनगरकी सन्ध्या तिवारीको अध्यक्षतामा गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । नेकपा एमालेको नाममा दल दर्ताको निवेदन परेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको एजेण्डा नै बनेको थियो।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा एमाले दर्ताको निवेदन दिइएको आरोप लगाएका थिए। त्यसो त प्रचण्डले एक सार्वजनिक कार्यक्रममा नै ओलीको पहलमा पार्टी दर्ता भएको बताएका थिए।