राष्ट्रिय झण्डा जलाउनेलाई कारबाही गर : कांग्रेस

काठमाडौं, भदौ २ (ई-रैवार)
नेपाली कांग्रेसले देशको राष्ट्रिय झण्डा जलाउनेलाई कारबाही गर्न माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत् सरकारसँग नेपालको राष्ट्रिय झण्डा जलाउनेलाई कारबाही गर्न माग गरेका छन् ।
प्रवक्ता शर्माले देशको झण्डा, नक्सा या अन्य कुनैपनि प्रतिक चिह्न जलाउनेलाई के गर्ने भनेर कुनै छलफल र बहसको आवश्यकता नभएको बताएका छन् । युट्युबमा एक समूहले नेपाली झण्डा जलाएको तथा जातीय घृणा फैलाउने भिडियो राखेपछि प्रवक्ता शर्माले राष्ट्रिय झण्डा जलाउनेलाई तत्काल कारबाही गर्न माग गरेका हुन् ।
नेपालको पहिचान र नेपालीको संवेदनशीलतामाथि भएको प्रहार जोसुकैबाट भएपनि क्षम्य नहुने उनको भनाइ छ । एक जाति, समुदाय र संस्कृतिको कुरा गरिरहँदा अर्को जाति, समुदाय र संस्कृतिलाई अपमान गर्ने प्रवृत्ति निरुत्साहित गनुपर्नेमा उनको जोड छ ।






प्रतिकृया दिनुहोस्