October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

विप्लव समूहका जिल्ला कमिटी सदस्य बोहरा पक्राउ

 

डोटी, साउन  ३२ (ई-रैवार)

नेकपा विप्लव समूहका एक जना जिल्ला कमिटी सदस्य पक्राउ परेका छन । नेत्रविक्रम चन्द समूहका डोटी जिल्ला कमिटी सदस्य कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्लामा रहेका विभिन्न ठाउँका रहेका एनसेलको टावरमा आगजनी तथा क्षति गरेको आरोपमा बोहरालाई डोटीको बडिकेदार गाउँपालिका–१ बिपिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकराज पाण्डेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख पाण्डेले भने, “बोहरालाई एनसेल टावरमा आगजनि र क्षति लगायतका गतिबिधि गरेको भन्ने उजुरीका आधारमा हामीले खोजी गरिरहेका थियौँ, बडिकेदार गाउँपालिका–१ बिपिनगरमा फेला परेपछि आवश्यक अनुसन्धानका लागि पक्राउ गरेका हौँ।”

पक्राउ परेका बोहरासँग एनसेलमा गरिएको क्षतिलगायत अन्य गतिबिधिका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।