डडेल्धुरामा जीप दुर्घटना, १० जना घाईते, ७ जना डिस्चार्ज

डडेल्धुरा, साउन ३१ (ई-रैवार)
डडेल्धुरामा जिप दुर्घटना हुँदा १० जना घाईते भएका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ४ बेलापुरमा से १ ज ८१२ नम्बर जिप दुर्घटना हुँदा १० जना घाईते भएका हुन्।
घाईते मध्ये ७ जनालाई डडेल्धुरा अस्पतालले डिस्चार्ज गरेको छ भने ३ जना डडेल्धुरा अस्पतालमै उपचार भैरहेमो रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
घाइते हुनेमा नवदुर्गा ४ बस्ने मानबहादुर टमटा, ३ बस्ने किसनसिंह बिष्ट, भवानी भट्ट, बैतडी सिगास ५ बस्ने उपासना बिक, सिगास ८ बस्ने दया बिक, नवदुर्गा ४ बस्ने अमृत बोहरा, आदर्श बोहरा, कलावती बोहरा, चन्द्रसिंह भण्डारी, र बैतडी सिगास ५ ढंगाड बस्ने वर्ष ३१ की धना बिक घाईतेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
डडेल्धुराबाट बेलापुरतर्फ जाँदैजिप अनियन्त्रित भई रोड भन्दा अन्दाजी ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्