April 18, 2026, Saturday
२०८३ बैशाख ५

कोरोना संक्रमणमा उच्च वृद्धि, एकैदिन ६ सय ३८ संक्रमित थपिए

 

काठमाडौं, साउन २७ (ई-रैवार)

नेपालमा आज कोरोना भाइरसका ६ सय ३८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ३८ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १ सय ७१ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६ हजार ६ सय ६४ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय १ रहेका छन ।

प्रदेश अनुसार प्रदेश १ मा ५ सय ९९, प्रदेश २ मा ३ हजार ३ सय ४७, वागमती प्रदेशमा १ हजार ३ सय ५२, गण्डकीमा २ सय २४, प्रदेश ५ मा ६ सय ४६, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्‍चि प्रदेशमा ८ सय ९६ सक्रमिय संक्रमितहरु रहेका छन् ।