October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मोवाइल पड्किँदा तीन जनाको मृत्यु

एजेन्सी, साउन २७ (ई-रैवार)

भारतको तमिल्नाडुमा चार्जमा राखेको मोवाइल पड्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमा र दुई छोरा रहेका छन् ।

चार्जमा राखेर २९ वर्षीया मथुलक्ष्मी मोवाइल फोनमा कुरा गरिरहेकी थिइन् । कल काटेपछि मोवाइल ब्लास्ट भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

मोवाइल ब्लस्ट भएपछि आगो निस्किएको र आगोकै कारण उनी सहित उनका ३ वर्षीय छोरा रणजीत र २ वर्षीय छोरा दक्षितको मृत्यु भएको हो । गम्भीर रुपमा घाइते भएको उनीहरुलाई अस्पताल लगिएपनि अस्पतालले मृत घोषित गरेको बताइएको छ ।

मृतकका पति बालकृष्णसँग उनको ६ वर्ष पहिला विवाह भएको थियो । उनीहरुको ऋण बढ्दै गएपछि बालकृष्णले परिवारलाई छोडिदिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।