घर भत्किदा आमा र छोराछोरीसहित चारजनाको मृत्यू
- Eraibar
- २०७७ श्रावण २७, मंगलवार ०७:५८
- 45 Shares

डोटी साउन २७ (ई-रैवार)
डोटीको आदर्श गाउँपालिका–१ मा गएराती घर भत्किदा आमा र छोराछोरीसहित चारजनाको मृत्यु भएको छ । चारजना गम्भिर घाईते भएका छन् ।
आदर्श गाउँपालिका १ खलखडाका लोगे लुहारको घर राती करिब १ बजेतिर भत्किएको हो । घर भत्कदा घरमा सुतिरहेका लुहारकी श्रीमती २६ वर्षिया विष्ना लुहार, १० वर्षीय छोरा पारस, छोरीहरु पाँच वर्षीया सिरु र नौ महिनाकी कटीको मृत्यु भएको हो ।
घटनामा घरधनी ३० वर्षिय लोगे, लोगेकी ५२ वर्षिया आमा पाना, ६० वर्षिया सासु झाँकरी विक र १२ वर्षीय साला ईन्द्र बिक घाईते भएको आदर्श गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बमबहादुर खड्काले जानकारी दिनुभयो ।
घाईतेहरुलाई उपचारका लागि दिपायल ल्याईदै छ । घटनास्थलमा अहिले प्रहरी पुगेर उद्धार कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्