सेती नदीको बीचमा थुनिएका एकजनाको सशस्त्र प्रहरीद्वारा उद्धार
- Eraibar
- २०७७ श्रावण २६, सोमबार २०:३५
- 6 Shares

डोटी साउन २६ (ई-रैवार)
सेती नदीमा बढेको भेलसंगै बगेर आएका दाउरा बटुल्न जाँदा बीच नदीमा थुनिएका एकजना युवकको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
सोमबार बाढीसंगै बगेर आएका दाउरा बटुल्न गएका शिखर नगरपालिका–८ गोपघाटका ३२ बर्षिया कबि बलायर दिउँसो साढे ४ बजेतिर बीचनदीमा थुनिएका थिए ।
उनलाई सशस्त्र प्रहरी बल नम्बर ३६ गण हेडक्वार्टर दिपायल डोटीबाट सशस्त्र प्रहरी निरीक्षक केशबराज अवस्थीको नेतृत्वमा गएको टोलीले साँझ करिब साढे छ बजे उद्धार गरेको हो ।
टोलीमा नौजना सशस्त्र प्रहरीको टोली परिचालन भएर गएको सशस्त्र प्रहरी नायक निरीक्षक दीपेन्द्र बोहराले जानकारी दिए ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्