अवैध बन्दुकको छर्रा लागेर बालिका घाईते
- Eraibar
- २०७७ श्रावण २६, सोमबार १४:०२
- 23 Shares

डोटी साउन २६(ई–रैवार)
बादर धपाउन पड्काईएको अवैध बन्दुकको छर्रा लागेर एक बालिका घाईते भएकी छन् । केआईसिँह गाउँपालिका–३ दल्लकी १४ वर्षीय जानकी ऐर घाइते भएकी हुन् ।
आईतबार बारीमा बादरहरु आएपछि धपाउन स्थानीय ४३ वर्षीय शेरबहादुर ऐरले भरुवा बन्दुक पड्काएका थिए । सोहीक्रममा बारीमै घाँस काटिरहेकी जानकीलाई छर्रा लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
उनलाई आईतबारै उपचारका लागि दिपायलस्थित शैलेश्वरि अस्पताल ल्याईएको थियो । जहाँ उपचार सम्भव नभएपछि अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उनको उपचार भईरहेको छ ।
घटनापछि अवैध वन्दुक राखेर पड्काउने शेरबहादुर र बन्दुक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक ईन्द्रदेव मल्लले बताए ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्