April 18, 2026, Saturday
२०८३ बैशाख ५

मास्क नलगाउने २ सय ९४ जना कारबाहीमा

डडेल्धुरा, श्रावण २२ (ई-रैवार)

सार्बजनिक स्थलमा मास्क नलगाउने हिड्ने २ सय ९४ जनालाई कारबाही प्रहरीले कारवाही गरेको छ । डडेल्धुरा जिल्ला प्रहरी कार्यालयले सदरमुकाम बागबजार क्षेत्रमा मास्कको नलगाएर हिँडडुल गर्नेलाई कारबाही गर्न थालेको हो ।

जिल्ला सदरमुकाम बागबजार क्षेत्रबाट मास्क नलगाई हिँडडुल गर्ने २ सय ९४ जनालाई कारबाही गरेको जिलला प्रहरी कार्यालयले जनाएको छ। मास्कविना सदरमुकाम आउने र जथाभावी घुम्ने मानिसलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

प्रहरी नायव उपरीक्षक न्यौपानले माक्स नलगाउनेलाई पहिलो पटक १ सय रुपैयाँका दरले जरिमाना गरी सम्झाइबुझाई गरी छोडिएको बताएका छन । कारवाहीमा परेकाहरुबाट हालसम्म २९ हजार ४ सय रुपैयाँ राजस्व सङ्कलन समेत गरिएको उनले बताए।

यसका साथै प्रहरी नायव उपरीक्षक न्यौपानले कोरोना भाइरसबाट जोगिन आग्रह गर्दै प्रहरीले सचेतना समेत फैलाइरहेको छ। प्रहरीले जिल्ला सदरमुकामका क्षेत्रमा कोरोना रोग र यसबाट बच्ने उपायको विषयमा जानकारी दिन सूचनामूलक सन्देश प्रसारण गरिरहेको बताए ।