प्रदेश २ का मन्त्रीमा कोरोना पुष्टि
- Eraibar
- २०७७ श्रावण २२, बिहीबार ०९:५७
- 11 Shares

जनकपुर, श्रावण २२ (ई-रैवार)
प्रदेश २ का एक मन्त्री कोरोना भाइरबाट संक्रमित भएका छन । तिब्र रुपमा फैलिएको कोरोना भाइरबाट प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको हो ।
साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते परिक्षणका लागि स्वाब दिएका मन्त्रीको बुधबार बेलुका पोजिटिभ रिपोर्ट आएको प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री यादवले बताएका छन ।
संक्रमित मन्त्री अस्पताल नगइ मन्त्री निवासमै आइसोलेशनमा बसेका छन् । आफूमा कुनै प्रकारको लक्षण नदेखिएकाले घरमै आइसोलेशनमा बसेको उनले जानकारी दिए । आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन उनले अपिल गरेका छन् ।
प्रदेश २ मा अहिलेसम्म ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृृत्यु भएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्