April 18, 2026, Saturday
२०८३ बैशाख ५

सवारीसाधनमा जोर–बिजोर, राति ९ बजेपछि हिँडडुलमा रोक

 

काठमाडौं, श्रावण २२ (ई-रैवार)

लकडाउन अन्त्यपछि कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भएपछि सरकारले नयाँ मापदण्डहरु लागु गरेको छ । काठमाडौँ उपत्यकामा आज (बिहीबार) देखि सवारी साधनमा जोर बिजोर लागु हुने भएको हो ।

गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने जनाएको छ ।

यस्तै दुई सयभन्दा बढी कोरोना केस सक्रिय रहेका जिल्लाहरुमा पनि जोर बिजोर नियम लागु हुने छ । मन्त्रालयका अनुसार जोर बिजोर लागु भएका जिल्लाका सहरी क्षेत्रमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने पनि निर्णय भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार उपत्यका बाहेक पर्सा, धनुषा, रौतहट र कैलालीमा कोरोनाका दुई सयभन्दा बढी सक्रिय संक्रमित छन् । ती जिल्लामा पनि जोर बिजोर नियम लागु हुनेछ ।