April 18, 2026, Saturday
२०८३ बैशाख ५

कञ्चनपुरमा ५५ वर्षीया महिलाको हत्या, छोरासहित दुई जना पक्राउ

 

कञ्चनपुर, साउन १७ (ई-रैवार)

कञ्चनपुरको बेलौरीमा गएराति एक ५५ वर्षीया महिलाको हत्या भएको छ । भने उनका श्रीमान् गम्भीर घाईते अबस्थामा फेला परेका छन  ।

कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गएराति ५५ वर्षीया बेलु खातीको हत्या गरेको आशंकामा उनका छोरासहित दुई जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार खातीका ६२ बर्षीय श्रीमान घनश्यामलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले मृतकका छोरा र उनका एक जना साथीलाई पक्राउ गरिएको बताए । मृतकका छोरा राजेश र उनका साथी दिनेश रानालाई नियन्त्रणमा लिइएको हो ।

“गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाएका छौँ।” प्रवक्ता थापाले भने, “घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ ।”