युवकद्वारा क्वारेन्टिनमा आत्महत्या
- Eraibar
- २०७७ श्रावण १२, सोमबार १८:०७
- 10 Shares

बर्दिया, साउन १२ (ई-रैवार)
एक युवकले क्वारेन्टिनमा आत्महत्या गरेका छन । अछामको बन्निगढी गाउँपालिका घर भएका रामबहादुर सावदले बर्दिया ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमै आत्महत्या गरेका हुन ।
उनले क्वारेन्टिन पछाडिको रूखमा तन्नाको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ।
प्रहरीका अनुसार भारतको राजस्थानबाट आएका युवक ठाकुरबाबा नगरपालिका ४ सैनवार बस्ने आफन्त कहा गएका थिए । आफन्तले क्वारेन्टिनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले ४ दिन अघि क्वारेन्टिनमा लगेको थियो ।
आइतबार मात्रै उनको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरी पठाइएको थियो। तर रिपोर्ट नआउँदै उनले आत्महत्या गरेका छन । रिपोर्ट नआएकाले उनको शव घटनास्थलमै रहेको ईलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्