एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्यो
- Eraibar
- २०७७ श्रावण ८, बिहीबार १२:०८
- 8 Shares

वीरगञ्ज, साउन ८ (ई-रैवार)
पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका –६ माईस्थानका करिब ७० वर्षीय पुरुषको मंगलबार अपरान्ह उपचारको क्रममा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । उनको बुधबार पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखीएको थियो ।
उनलाई गत सोमबार सास फेर्न गाह्रो भएपछि एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । तर कोरोनाको शंकापछि मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगिएपछि अपरान्ह उनको मृत्यु भएको गण्डक अस्थायी कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
- ओलीको आह्वान : देश जोगाउन आन्दोलनको विकल्प छैन
- एनपीएल ३ : सुदूरपश्चिमले टस जितेर पोखराविरुद्ध रोज्यो फिल्डिङ
- नेपाल प्रहरीका अनलाइन सेवा अवरुद्ध, ट्राफिक जरिवाना तिर्नेदेखि भर्नासम्ममा समस्या
- शिक्षकको विशेष बढुवा अब जिल्लाबाटै, ६ हजार उजुरीको पुनरवलोकन तीव्र बनाउँदै आयोग
- अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९



प्रतिकृया दिनुहोस्