एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३ पुग्यो
- Eraibar
- २०७७ श्रावण ८, बिहीबार १२:०८
- 6 Shares

वीरगञ्ज, साउन ८ (ई-रैवार)
पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका –६ माईस्थानका करिब ७० वर्षीय पुरुषको मंगलबार अपरान्ह उपचारको क्रममा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । उनको बुधबार पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखीएको थियो ।
उनलाई गत सोमबार सास फेर्न गाह्रो भएपछि एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । तर कोरोनाको शंकापछि मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगिएपछि अपरान्ह उनको मृत्यु भएको गण्डक अस्थायी कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्