पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

धादिङ, साउन ६ (ई-रैवार)
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिञ्चोकमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
मध्यरातमा आएको पहिरोमा पुरिएर २५ वर्षीय मिलन खाँण, उनकी २२ वर्षीया श्रीमती सम्झना खाँण र दुई वर्षीया छोरी अन्जिता खाँणको मृत्यु भएको प्रहरीले जनाएको छ।
राति सुतिराखेका बेला अकस्मात गएको पहिरोले घर पुरेको थियो । पहिरो गएलगत्तै स्थानीय बासिन्दाले उनीहरुको खोजी गर्ने क्रममा तीनै जनाको शव भेटिएको स्थायीयको भनाइ उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता, डीएसपी रुपक खड्काले जानकारी दिए ।
उनका अनुसार उनीहरूको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ। हिजो धादिङको गजुरी गाउँपालिकाकी १७ वर्षीया निरुता परियारको पहिरोमा परि मृत्यु भएको थियो । अहिले पनि निरन्तर वर्षा भइराखेको छ ।





प्रतिकृया दिनुहोस्