बालुवाटारमा नेकपा सचिवालय बैठक शुरू

काठमाडौं, साउन ३ (ई-रैवार)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सचिवालय बैठक बालुवाटारमा शुरू भएको हो ।
असार १० गतेदेखि शुरू भई पटक–पटक स्थगित हुँदै आएको सचिवाल बैठक आइतवार सम्मको लागि सारेर सचिवालय बैठक बसेको हो । सचिवालय बैठकअघि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिवार छलफल भएको छ ।
असार १० गते शुरू स्थायी कमिटी बैठकले निकास दिन नसकेपछि नेकपाभित्र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको थियो । केन्द्रीय समितिमा लैजानु भन्दा सचिवालय बैठक मार्फत निकास खोज्न भन्दै शनिवारका लागि सचिवालय बैठक बोलाइएको छ ।
पछिल्ला दिनमा भएका औपचारिक र अनौपचारिक छलफलबाट नेताहरू सहमति नजिक पुगेकाले सचिवालय बैठक राखिएको नेकपा स्रोतले बतायो । अध्यक्ष प्रचण्ड लगायत सदस्यहरूले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने माग राखेपछि नेकपा भित्रको विवाद बल्झिएको थियो । सचिवालय बैठकमा ओली, प्रचण्ड लगायत ९ जना सदस्य उपस्थित छन् ।





प्रतिकृया दिनुहोस्