स्वयम् सेवक संघको युवा संगठन डोटीको अध्यक्षमा खड्का

नरेश बोगटी
सिलगढी असार १८(ई-रैवार):नेपाल स्वंयम सेवक संघको युवा संगठन डोटी जिल्ला अध्यक्षमा रेशम विक्रम खड्का मनोनीत भएका छन् ।
सामाजिक क्षेत्रमा सक्रिय देशभरका प्राज्ञिक एवं बौद्धिक युवाहरूको साझा संस्थाको कार्य समिति अध्यक्षमा खड्कासहित उपाध्यक्षमा स्वस्तिका खत्री, सचिवमा भोजराज ओझा,सह-सचिव तथा प्रवक्तामा योगेन्द्र रावत, कोषाध्यक्षमा सुष्मा मलासि मनोनीत भएका छन् ।
त्यस्तै सदस्यहरूमा भरत बि.क, भिम बहादुर बोहरा, हर्क नेपाली, सन्तोष बोहरा, सृष्टि खड्का र बालाराम भण्डारी रहेका छन् ।
नेपाल स्वंयम सेवक संघ युवा संगठन, सुदूरपश्चिम प्रदेश कमिटीले एक विज्ञप्ति जारी गर्दै कार्यसमिति चयन भएको जानकारी दिएको हो ।
गठित स्वयंसेवक संघको युवा संगठन डोटीले समाज रुपान्तरण तथा स्थानीय स्तरमा विभिन्न जनचेतनामुलक अभियान संचालन गर्ने अध्यक्ष रेशम विक्रम खड्काले बताए । ‘हामी अब समाजमा रहेका कुरिती, कुसंस्कार र भ्रष्टाचार जस्ता क्रियाकलापलाई न्यूनिकरण गर्दै समाज रुपान्तरण सहितको राष्ट्र निर्माण गर्ने देशव्यापी अभियानमा लाग्ने छौ’ उनले भने ।
एक वर्षअघि समाजसेवा गर्ने उदेश्यले बिस्तार भएको उक्त संगठन अहिले नेपालका सात वटै प्रदेशमा गठन भइसकेको छ। अब सबै जिल्लाहरुमा स्वयंसेवक संघको संगठन बिस्तार गर्ने राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष हिक्मत शाहले बताए। उनका अनुसार सुदुरपश्चिम प्रदेशका सबै जिल्लामा समिति गठन भइसकेको छ।





प्रतिकृया दिनुहोस्